भारतमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३० लाख ८८ हजार
सिन्ह्वा । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाको कुल सङ्ख्या चार करोड ३० लाख ८८ हजार ११८ पुगेको छ ।
तीमध्ये तीन हजार २०५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।
नयाँ सङ्क्रमितमध्ये एक हजार ४१४ जना भने दिल्ली प्रदेशका मात्रै रहेका छन् । पछिल्लो समयमा दिल्ली प्रदेशमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या धेरै बढेको छ ।
संघीय स्वास्थ्य मन्त्रालयकाअनुसार भारतको सङ्घीय राजधानी नयाँ दिल्लीमा मात्रै अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पाँच हजार ९८६ रहेको छ । देशभरी सक्रिय सङ्क्रमितको सङ्ख्या भने १९ हजार ५०९ रहेको छ ।
पछिल्लो एक दिनमा कोरोनाका कारण भारतमा ३१ जनाको मृत्यु भएको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाको सङ्ख्या पाँच लाख २३ हजार ९२० रहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया