लगातार ओरालो लागेको सुनको मूल्य आज बढ्यो, चाँदीको स्थिर
काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढेको हो ।
सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा ९१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको भाउ स्थिर रहेको छ । सोमबार तोलामो १ हजार २४० रुपैयाँ कायम भएकामा आज पनि सोही मूल्यमा कारोबार भईरहको हो ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया