मेसीसहितको पिएसजी पराजित, अन्तिम १६ बाटै बाहिरियो
काठमाडौं । सुपरस्टार खेलाडी लियोनल मेसीले खेल्नका बाबजुद साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ ।
गएराति भएको खेलमा पिएसजी घरेलु मैदानमा निससँग पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित हुँदै बाहिरिएको हो ।
निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । तर सुटआउटमा तर, लियड्रो पराडेस र जाभी सिमोन्स चुकेपछि पिएसजी पराजित हुन पुग्यो ।
यद्यपि, पेनाल्टीमा पिएसजीका तर्फबाट मेसी, केलियन एमबाप्पे, जुलियन ड्राक्लर, मार्को भेराट्टी र जुवान बेर्नाटले गोल गरेका थिए ।
निसको जितमा मोर्गन, जिन क्लेयर, युसेफ अटल, एमिनी गोउइरी, इभान्स र डान्टेले गोल गरे । एन्डी डेलोर्टले भने गोल गर्न सकेनन् ।
पिएसजीले मेसीसँगै मार्को भेराट्टी, एमबाप्पेजस्ता खेलाडी मैदानमा उतारे पनि जित निकाल्न सकेन ।
अब निसले क्वार्टरफाइनलमा मार्सेको सामना गर्नेछ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया