कोरोना अपडेट : १७ हजार परीक्षणमा ५५ सय संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ५ हजार ५ सय ८३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६ सय ७४ जनाको परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
१० हजार ७७६ जनाको पिसिआर परीक्षण गरिएको थियो भने ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो केहीदिनयता कोरोना संक्रमितको निको हुने दर पनि बढेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार २ सय ६७ जना निको भएका छन् ।
यस्तै, सोही अवधिमा ९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या भने ७४ हजार ६ सय ५३ रहेको छ । यो संख्या सोमबारको तुलनामा करिब पाँच हजारले कम हो ।
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया