अख्तियार प्रमुख राईले दोहोरो सुविधा नलिने, पेन्सन रोक्का गरिदिन पत्राचार
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले २०७७ फागुनदेखिको पेन्सन सुविधा नलिने निर्णय गरेका छन् ।
नेपाल सरकारका पूर्व सचिव राई २०७७ माघ २१ गते अख्तियारको प्रमुख आयुक्तमा नियुक्त भएका थिए । उनले प्रमुख आयुक्तको रुपमा आयोगबाट पारिश्रमिक र सेवा सुविधा पाउँदासम्म पूर्व कर्मचारीको रुपमा खाइपाई आएको पेन्सन सुविधा नलिने निर्णय गरेका हुन् ।
प्रमुख आयुक्तको हैसियतमा प्राप्त हुने सेवा सुविधामात्र लिने स्वघोषणा गर्दै राईले पेन्सन सुविधा रोक्का राखिदिन निवृतीभरणको कार्यालयलाई पत्राचार गरेका हुन् । सार्वजनिक प्रशासनमा स्वच्छ छवि बनाएका प्रमुख आयुक्त राईले सुशासनका लागि सुधार आफैँबाट सुरुवात गर्नुपर्ने आफ्नो मान्यता अनुसार निर्णय गरेको बताए ।
उनले राज्यकोषबाट दोहोरो सुविधा नलिने आफ्नो मान्यताअनुसार निवृतीभरणको कार्यालयलाई आग्रह पठाएको जानकारी दिए । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुत्त तथा आयुक्तहरुले आयोगबाट प्राप्त हुने सेवा सुविधाका साथै पुर्व कर्मचारीको हैसियतमा प्राप्त हुने पेन्सन सुविधा पनि लिदै आएका थिए ।
यसअघि संबैधानिक निकायमा नियुत्त भएपश्चात प्रमुख निर्वाचन आयुत्त दिनेश थपलियाले पनि दोहोरो सुविधा नलिने निर्णय गरेका थिए ।
उनले प्रमुख निर्वाचन आयुक्तको रुपमा सेवा र सुविधा प्राप्त गर्दासम्म पुर्व कर्मचारीको रुपमा प्राप्त हुने पेन्सन सुविधा रोक्का राखिदिन आग्रह गरेका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया