डिजिटल मुद्रालाई मान्यता दिँदै भारत
काठमाडौं । भारतको केन्द्रीय बैंकले अप्रिल महिनाबाट सुरु हुने आगामी आर्थिक वर्ष २०२२/२३ मा आफ्नै डिजिटल करेन्सी कारोबारमा ल्याउने भएको छ ।
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार युनियन बजेटमार्फत उक्त घोषणा गरेकी हुन् । सीतारमणले ‘सेन्ट्रल बैंक डिजिटल करेन्सी (सिबिडिसी)’ ब्लकचेन प्रविधिमा आधारित हुने पनि जानकारी गराएकी छन् ।
ब्लकचेन र अन्य प्रविधिहरूको प्रयोग गरी जारी गरिने डिजिटल रूपैयाँले अर्थतन्त्रलाई पनि ठूलो टेवा पुर्याउने अर्थमन्त्री सीतारमणले बताएकी छन् । पछिल्लो समय विश्वभर भर्चुअल करेन्सीमा आकर्षण बढ्दै गएको छ । विश्वका करिब ८० प्रतिशत केन्द्रीय बैंकहरूले आफ्नै डिजिटल मुद्रा सञ्चालनमा ल्याउन अध्ययन गरिरहेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया