मलद्वारभित्र एक किलो सुन ! हिँड्न असजिलो भएपछि पक्राउ परे शेर्पा
काठमाडौं । मानिसले अपराधिक क्रियाकलाप या चोरी लुकाउन अनेक उपाय अपनाउँछन् । केही त सुन्दै असजिलो लाग्ने गरे पनि यस्ता उपाय अपनाउन पछि पर्दैनन् ।
यस्तै, एक घटना त्रिभुवन विमानस्थलमा बुधबार भएको छ । यूएईबाट एयर अरेबियाको विमानबाट त्रिभुवन विमानस्थल झरेका सिन्धुपाल्चोकको भोटेकोशीका ३९ वर्षीया दावा छिरिङ शेर्पालाई हिँड्न असजिलो भइरहेको थियो ।
उनको हिँडाई सामान्य यात्रुको भन्दा भिन्न थियो । असहज तरिकाले हिँडिरहेका शेर्पामाथि विमानस्थलबाटै प्रहरीले पिछा गर्न थाल्यो ।
पछि विमानस्थल प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको विमानस्थलका भन्सार प्रमुख महेश भट्टराईले भने ।
प्रहरीले पेटभित्र सुन लुकाएको आशंका गरेको थियो । त्यसैले एक्सरे पनि गरियो । तर, पेटमा भने सुन देखिएन । केरकारपछि बरु एक किलो सुन शेर्पाको मलद्वारभित्र चाहिँ भेटियो ।
प्रहरीका अनुसार शेर्पाले सुनलाई अर्धठोस बनाएर मलद्वारमा लुकाएका थिए । उक्त सुनको तौल गर्दा एक किलो ५५ ग्राम पाइएको छ ।
उनलाई थप कारबाहीका लागि आन्तरिक राजश्व कार्यालयमा पठाइएको विमानस्थलका भन्सार प्रमुख भट्टले बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया