दुई लाख रूपैयाँ घुस लिने काठमाडौं महानगरका वडासदस्य अख्तियारको फन्दामा
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १४ का वडासदस्यले सेवाग्रहीसँग घुस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
वडासदस्य महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाण–पत्र र मालतपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि दुई लाख रूपैयाँ घुस लिएको आरोप छ ।
सोही सूचनाको आधारमा अनुसन्धानमा खटिएको आयोगको टोलीले महर्जनलाई नियन्त्रणमा लिएको हो । उनले सेवाग्राहीको नाता प्रमाणित र जग्गाको मोही नामसारी सिफारिस गरिदिन्छु भन्दै दुई लाख रूपैयाँ घुस लिएको आयोगको अनुसन्धानबाट पुष्टि भएको छ ।
महर्जनमाथि उक्त रकम बिगो मागदाबी गरी बिहिबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हाे ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया