ओमिक्रोनको उत्पत्तिबारे चिनियाँ वैज्ञानिको नयाँ खुलाशा, मुसाबाट म्युटेशन भएर मानिसमा सर्यो
काठमाडाैं । कोरोना भाइरसको उत्पत्तिलाई लिएर चिनियाँ वैज्ञानिकले नयाँ खुलाशा गरेका छन् । अहिलेसम्म चमेरोमार्फत मानिसमा कोरोना भाइरसको संक्रमण सरेको अनुमान गरिँदै आएको थियो ।
तर, चिनियाँ वैज्ञानिकको नयाँ दावीले पुनः विश्वमा हलचल सुरु भएको छ । उक्त अध्ययनलाई आधार मान्ने हो भने कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट मुसाबाट उत्पत्ति भएको हुनसक्छ ।
वायोसेफ्टी एण्ड बायो सेक्यूरिटी जर्नलमा प्रकाशित अध्ययनमा सोधकर्ताले कोरोना भाइरसको संक्रमण मानिसबाट मुसामा सरेको र कैयौं म्युटेशनपछि मुसाबाट पुनः मानिसमा सरेको दावी गरेका छन् ।
अध्ययनमा भनिएको छ, ‘कोरोना भाइरसको यस म्युटेशनमा यस्तो तथ्य भेटिएको छ । जाे पहिले रोगीको नमुनामा सायदै कहिले पाइएको थियो । मानिसमा पाइएका ओमिक्रोनको पाँच म्युटेशन र मुसाको फोक्सोको नमुना लिँदा पाइएका म्युटेशन समान छन् ।’
यो अध्ययन तिआङजिनमा रहेको नानकाई विश्वविद्यालय र नेशनल इन्स्टीट्युट फर कम्युनिकेवल डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका शोधकर्ताले गरेका थिए ।
शोधकर्ताका अनुसार ओमिक्रोनको उत्पत्ति अज्ञात बनेको छ । यसमा ५० भन्दा बढी म्युटेशन हुन्छ । त्यसमा त कैयौं पछिल्लो रुपमा पाइएका छैनन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया