ओमिक्रोनको उत्पत्तिबारे चिनियाँ वैज्ञानिको नयाँ खुलाशा, मुसाबाट म्युटेशन भएर मानिसमा सर्यो
काठमाडाैं । कोरोना भाइरसको उत्पत्तिलाई लिएर चिनियाँ वैज्ञानिकले नयाँ खुलाशा गरेका छन् । अहिलेसम्म चमेरोमार्फत मानिसमा कोरोना भाइरसको संक्रमण सरेको अनुमान गरिँदै आएको थियो ।
तर, चिनियाँ वैज्ञानिकको नयाँ दावीले पुनः विश्वमा हलचल सुरु भएको छ । उक्त अध्ययनलाई आधार मान्ने हो भने कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट मुसाबाट उत्पत्ति भएको हुनसक्छ ।
वायोसेफ्टी एण्ड बायो सेक्यूरिटी जर्नलमा प्रकाशित अध्ययनमा सोधकर्ताले कोरोना भाइरसको संक्रमण मानिसबाट मुसामा सरेको र कैयौं म्युटेशनपछि मुसाबाट पुनः मानिसमा सरेको दावी गरेका छन् ।
अध्ययनमा भनिएको छ, ‘कोरोना भाइरसको यस म्युटेशनमा यस्तो तथ्य भेटिएको छ । जाे पहिले रोगीको नमुनामा सायदै कहिले पाइएको थियो । मानिसमा पाइएका ओमिक्रोनको पाँच म्युटेशन र मुसाको फोक्सोको नमुना लिँदा पाइएका म्युटेशन समान छन् ।’
यो अध्ययन तिआङजिनमा रहेको नानकाई विश्वविद्यालय र नेशनल इन्स्टीट्युट फर कम्युनिकेवल डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका शोधकर्ताले गरेका थिए ।
शोधकर्ताका अनुसार ओमिक्रोनको उत्पत्ति अज्ञात बनेको छ । यसमा ५० भन्दा बढी म्युटेशन हुन्छ । त्यसमा त कैयौं पछिल्लो रुपमा पाइएका छैनन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया