NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज ३ गते

मुटु रोगको समस्या, यस्ता हुन्छन् संकेत

काठमाडौँ । मुटु शरीरको महत्वपूर्ण र संवेदनशील अंग हो । त्यसैले पनि मुटुमा देखिने समस्याले समग्र स्वास्थ्यमै असर पुर्‍याउने गर्छ । त्यसैले यसबारे राम्रो जानकारी राख्न जरुरी हुन्छ । यसका लक्षणबाट मुटुमा समस्या छ या छैन भन्ने कुरा आफैँ जान्न सकिन्छ । यी हुन् मुटुमा हुने समस्या र लक्षण : छातीको बीच भाग दुख्नेमानसिक तनाव हुँदा वा बढी शारीरिक परिश्रम गर्दा छातीको बीच भागमा दुख्यो भने त्यसलाई सामान्य रूपमा लिनुहुँदैन । यस्तो अवस्थामा मुटुलाई ढुंगाले थिचेजस्तो, डोरीले बाँधेजस्तो या मुठ्ठीले हिर्काएजस्तो अनुभूत भएमा स्वास्थ्य जाँच गराउन जरुरी हुन्छ । यस्तो दुखाइ कुम, पाखुरा, घाँटी तथा चिउँडोतिर पनि सर्ने गर्छ । यस्तो समस्या भएमा स्वास्थ्यमा कुनै समस्या भएको बुझ्नुपर्छ । दम बढ्नेधेरै मानिसले दम बढेको अवस्थालाई फोक्सोमा भएको खराबीका रूपमा लिने गर्छन् । यो केही हदसम्म सही हो । तर, खोकी र दमको सम्बन्ध फोक्सोसँग मात्र नभई मुटुसँग पनि हुने गर्छ । शारीरिक परिश्रम गर्दा हुने दम प्राय: मुटुकै कमजोरीका कारण हुने गर्छ । खुट्टा सुन्निनेखुट्टाको घुँडादेखि कुर्कुचासम्मको भाग सुन्निएको अवस्थामा सचेत हुन आवश्यक हुन्छ । यसरी सुन्निएको अवस्थामा हाडमाथि औँलाले थिच्दा खाल्डो पर्ने, अत्यधिक दुख्ने भएमा मुटुको समस्या हो भनी बुझ्नुपर्छ । घाँटीको रक्तनली फुल्नेकहिलेकाहीँ घाँटीको दायाँ–बायाँ भएको रक्तनली फुल्न सक्छ । जुन नांगो आँखाले प्रस्ट देख्न सकिन्छ । यस्तो समस्या भएको अवस्थामा गम्भीर हुन जरुरी हुन्छ । किनकि, मुटुका कारण पनि यस्तो लक्षण देखिन सक्छ । यस्तो समस्याले मुटुमा रक्तचाप बढेको संकेत गर्छ । मुटु कमजोर भएमा पनि चाप बढ्ने गर्छ । ओठ, जिब्रो, औँलाका टुप्पो नीलो हुनेस्वस्थ व्यक्तिको शरीरको बनावटबारे सबैले सहजै जान्न सकिन्छ । मानिसको शरीर केही हदसम्म रगतको रङजस्तो देखिनुपर्छ । अक्सिजनले रगतलाई रातो बनाइराख्ने काम गर्छ । रगतमा अक्सिजनको कमी हुनेबित्तिकै शरीरका अंग नीलो देखिन थाल्छ । औँलाका टुप्पा, ओठ, जिब्रो नीलो भएमा रगतमा अक्सिजनको मात्रा कमी भएको बुझ्नुपर्छ । यसरी शरीरका विभिन्न अंग नीलो हुनु मुटुरोगको लक्षण हो । औँलाका टुप्पा बाक्लो हुनेऔँलाका टुप्पा बाक्लो हुनु पनि मुटुरोगको लक्षण हो । कहिलेकाहीँ यस्तो रोगले औँला बाटुलो बनाउने पनि गर्छ । चक्कर लाग्नेरक्तचाप बढ्यो भने टाउको दुख्ने, चक्कर लाग्नेजस्ता समस्या हुने गर्छ । कहिलेकाहीँ मुटुको धड्कन ढिलो भएको अवस्थामा पनि चक्कर लाग्ने गर्छ । मुटु प्रतिमिनेट ६० देखि एक सयपटकसम्म धड्किनुपर्छ । तर, प्रतिमिनेट ४५ भन्दा कमपटक मुटु धड्किएमा चक्कर लाग्ने समस्या हुन्छ । कफमा रगत देखिनेक्षयरोग र क्यान्सरका कारण मात्र होइन, मुटुको समस्याका कारण पनि कफमा रगत देखा पर्ने गर्छ ।यसका साथै मुटुरोगले जोर्र्नी दुख्ने, ज्वरो आउने, हात, खुट्टा, ओठ स्वचालित हुने, छातीमा हात राख्दा ध्वनि निस्कनेजस्ता लक्षण पनि देखाउँछ ।

ताजा अपडेट

नेपालवाच विशेष