लागुऔषधसहित नरेफाँटबाट दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले लागुऔषधसहित यहाँबाट दुई जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–३२ नरेफाँट मनोहरा करिडोरस्थित ललितपुर जोड्ने पुल नजिक लागुऔषधसहित सर्लाही मलङ्गवा नगरपालिका–१० का २० वर्षीय अनुज मण्डल र २० वर्षीय अभिषेक शाहलाई शनिबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले झोलामा लागुऔषध बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले पक्राउ परेकासँग ३०० एम्पुल डाइजेपाम, ३०० एम्पुल नुर्फिन र ३०० एम्पुल फेनार्गन बरामद गरेको छ ।
पक्राउ परेकासँग लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार महानगरीय प्रहरीवृत्त बानेश्वरले अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया