कांग्रेस प्रवक्तामा प्रकाशशरण महत

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारी प्रकाशशरण महतले पाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्यसमेत रहेका महतलाई दिएका हुन् ।
महत १४ औं महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्री पदमा उठे पनि पराजित भएका थिए ।
त्यसपछि सभापति देउवाले उनलाई केन्द्रीय सदस्य मनोनित गरेका थिए । कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्यमध्येबाट एक जनालाई प्रवक्ता नियुक्त गर्ने प्रावधान गरेको छ ।
यसअघि महामन्त्रीसमेत रहेका महतलाई आजै नियुक्त गरिएको हो । यसअघि प्रवक्ता रहेका विश्वप्रकाश शर्मा अहिले महामन्त्री रहेका छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया