कांग्रेस प्रवक्तामा प्रकाशशरण महत
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारी प्रकाशशरण महतले पाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्यसमेत रहेका महतलाई दिएका हुन् ।
महत १४ औं महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्री पदमा उठे पनि पराजित भएका थिए ।
त्यसपछि सभापति देउवाले उनलाई केन्द्रीय सदस्य मनोनित गरेका थिए । कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्यमध्येबाट एक जनालाई प्रवक्ता नियुक्त गर्ने प्रावधान गरेको छ ।
यसअघि महामन्त्रीसमेत रहेका महतलाई आजै नियुक्त गरिएको हो । यसअघि प्रवक्ता रहेका विश्वप्रकाश शर्मा अहिले महामन्त्री रहेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया