परिवारका चार सदस्यको हत्यापछि आफैंलाई गोली हानेर केभिनले गरे आत्महत्या
काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा एक युवाले आफ्नै परिवारका ४ वर्षीय बालकसहित सौतेनी बुबा, ६१ वर्षीया आमा र अन्य एक गरी ४ जनाको हत्या गरेका छन् ।
हत्यापछि उनी आफैंले पनि आफूमाथि गोली प्रहार गरेर आत्महत्या गरेका छन् । कोर्सिकाना प्रहरीका अनुसार ९११ मा कसैले खबर गरी बन्दुकधारीले उनको परिवारका सदस्यहरूलाई मारेको बताएका थिए ।
अधिकारीहरूले घटनास्थलमा दुई जनाको शव फेला पारेका थिए । उक्त स्थानमा दुई थप बन्दुकको गोली लागेका व्यक्तिहरू भेटिए र उनीहरूलाई अस्पताल लगिएको थियो ।
४१ वर्षीय केभिन मिलाजोले परिवारमा गोली हानी अरूको हत्या गरेको र पछि आफैंलाई गोली हानेर आत्महत्या गरेका थिए ।
घाइतेहरुको नाम र अवस्था तत्काल नखुलाइएको सिएनएनले लेखेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया