मेसीको गोलसँगै पिएसजीको सहज जित, १३ अंकको अग्रता
काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सहज जित निकालेको छ ।
गएराति भएको खेलमा पिएसजीले लिललाई ५–१ गोल अन्तरले हराएको हो ।
खेलको १० औँ मिनेटमा डानिलो पेरिएराले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए । यद्यपि, २८ औं मिनेटमा स्भेन बोटम्यानले गोल गर्दै लिललाई १–१ को बराबरीमा फर्काए ।
त्यसपछि खेलको ३२ औं मिनेटमा प्रेसनल किमपेम्बेले गोल गर्दै पिएसजीलाई २–१ को अग्रता दिलाए । उनले लियोनल मेसीको पासलाई सदुपयोग गरेका हुन् ।
त्यसपछि मेसी आफैंले गोल गर्दै पिएसजीलाई ३–१ ले अघि बढाए । उनले ३८ औं मिनेटमा गोल गरेका हुन् ।
खेलको ५१ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै टिमको अग्रता ४–१ को अवस्थामा पुर्याए ।
त्यसपछि पनि पिएसजी रोकिएन । खेलको ६७ औं मिनेटमा डानिलोले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई ५–१ को सहज जित दिलाए ।
यस जितसँगै जारी लिगमा पिएसजीले १३ अंकको अग्रता बनाएको छ ।
शीर्ष स्थानको पिएसजीले २३ खेलमा ५६ अंक जोडेको छ भने पराजित भएको लिल ३२ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया