मेक्सिकोमा बस पल्टिँदा ८ जनाको मृत्यु
एजेन्सी । मेक्सिकोको क्विन्टाना रू राज्यमा आइतबार बस पल्टिँदा कम्तीमा आठ जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।
क्विन्टाना रू अभियोजकको कार्यालयले जनाएअनुसार दुर्घटना एल टिन्टल सहर नजिकैको लाजारो कार्डेनास नगरपालिकाको कन्टुनिलकिन–कानकुन राजमार्गमा भएको थियो र पीडितहरूमध्ये पाँच पुरुष र तीन महिला थिए।
स्थानीय सञ्चारमाध्यमका अनुसार अटोबस डे ओरिएन्ट कम्पनीको उक्त बस निर्माण सामग्री बोकेको ट्रकसँग ठोक्किएको थियो।
नेसनल इन्स्टिच्युट अफ पब्लिक हेल्थको तथ्याङ्कअनुसार सडक दुर्घटनाबाट मृत्यु हुनेको सन्दर्भमा मेक्सिको विश्वभर सातौं र ल्याटिन अमेरिकामा तेस्रो स्थानमा पर्दछ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया