सामाजिक सञ्जाल व्यवस्थापनका सम्बन्धमा काउन्सिललाई विज्ञको सुझाव
काठमाडौं । युट्युब, फेसबुकलगायत सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्री र यसको नियमन तथा व्यवस्थापन सम्बन्धी विज्ञसँग भएको छलफलमा राज्यको नियामक निकाय काउन्सिललाई थप सशक्त र सक्रिय बनाउनुपर्ने सहभागीले सुझाव दिएका छन् ।
प्रेस काउन्सिल नेपालको आयोजनामा आज भएको कार्यक्रममा सम्बद्ध विज्ञ र जानकारहरूले नियमन र निर्देशनसँगै मिडियालाई जिम्मेवार बनाउनुपर्ने बताएका हुन् ।
हाम्राकुरा डटकमका पत्रकार माधव चौलागाईँले सोसल मिडियालाई जिम्मेवारीबोध गराउनुपर्ने भन्दै काउन्सिलको पहिलो प्राथमिकता यस विषयमा जनचेतना फैलाउनु भएको बताए ।
विज्ञ उज्वल आचार्यले कसैको घरभित्र पसेर व्यक्तिगत कुरा सार्वजनिक गर्नु पत्रकारिताको नैतिकताभित्र नपर्ने बताए ।
उनले मिडिया र सोसल मिडियाको समस्या फरक भएकाले नियामक नियकायहरूबिच सहकार्य हुनु आवश्यक भएको उल्लेख गरे ।
अधिवक्ता बाबुराम आचार्यले सोसल मिडिया र मिडियामा भिन्नता रहेको भन्दै अनुमतिबेगर खिचिएको भिडियो, यौनजन्य भिडियोलगायतका सामग्री पत्रकारिताको मान्यताभित्र नपर्ने स्पष्ट पारे ।
काउन्सिलले सैद्धान्तिक रूपमा प्रष्ट भएर आ–आफ्नो कर्तव्य अघि बढाउन उनले सुझाव दिए । पत्रकार एवं सूचना प्रविधि विज्ञ विनोद भट्टराईले सञ्चारकर्मी र पत्रकार फरक भएको भन्दै काउन्सिलको भूमिकाबारे प्रष्ट हुनुपर्ने बताए ।
पत्रकारिताको न्यूनतम मूल्यमान्यता कायम राख्नकै लागि भए पनि सामाजिक सञ्जालबाट दिइने सामग्रीको अध्ययन हुनुपर्ने उनको भनाइ थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया