११ हजार परीक्षणमा १५ सय संक्रमित थपिए, १३ जनाको मृत्यु
काठमाठौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा एक हजार ५ सय ७० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ६५ (७,८७४ पिसिआर र ३,४९१ एन्टीजेन) परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टाकै अवधिमा नेपालमा रहेका कोरोना संक्रमितमध्ये ६ हजार १ सय ४६ जना निको भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ४० हजार १ सय ११ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १३ जनाको मृत्यु भएको छ ।
योसँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८ सय २७ पुगेको छ । यस्तै, यो अवधिमा १ लाख ७८ हजार ५ सय ७९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया