नर्स लाइसेन्सको परीक्षा मिति सार्वजनिक
काठमाडौं । नर्सको लाइसेन्स परीक्षा आउँदो चैत्र १२ गते हुने भएको छ । नेपाल नर्सिङ परिषद्ले मंगलबार (आज) एक सूचना जारी गर्दै परीक्षाको मिति सार्वजनिक गरेको हो ।
परीक्षामा सामेल हुने परीक्षार्थी प्रवीणता प्रमाणपत्र तह नर्सिङ वा बी.एस्सी नर्सिङ उत्र्तीण हुनुपर्नेछ । बीएमएस पास गरेकले पनि लाइसेन्स परीक्षामा सामेल भएर प्रमाणपत्र लिन सक्ने सूचनामा उल्लेख छ ।
परीक्षार्थीले माघ २६ गतेदेखि फागुन २६ गतेभित्र अनलाइन फर्म बुझाइसक्नुपर्ने छ । परीक्षा शुल्क नर्सको हकमा तीन हजार एक सय रूपैयाँ र विलम्ब शुल्क ६ हजार एक सय रूपैयाँ बुझाउनुपर्ने छ । परीक्षा बिहान ९ बजेदेखि ११ः३० बजेसम्म सञ्चालन हुने परिषदले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया