पाँच इन्जिनियर नियुक्तिपत्र बुझ्न आएनन्
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको स्थायी सेवाअन्तर्गतको इन्जिनियर पदमा नाम निकाल्न सफल पाँच इन्जिनियर निरन्तरको ताकेताबीच नियुक्तिपत्र बुझ्न नआएको पाइएको छ ।
प्राधिकरणको तह ७ मा नाम निकाल्न सफल प्रतीक्षा अधिकारी, सुधा सापकोटा, आरती बिष्ट, ऋतुरत्नम र रवि आचार्य नियुक्तिपत्र बुझ्न नआएका हुन् ।
उनीहरूलाई नियुक्तिपत्र बुझ्नका लागि प्राधिकरणले १५ दिनको अल्टिमेटम दिएको छ ।
प्राधिकरण कर्मचारी सेवा, सर्त विनियमावली २०७५ (संशोधित) मा तोकिएको अवधिभित्र नियुक्ति पत्र लिन नआएकाले सोही विनियमावलीको विनियम ३३ (२) बमोजिम सूचना प्रकाशित गरिएको प्राधिकरणले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया