पाँच इन्जिनियर नियुक्तिपत्र बुझ्न आएनन्

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको स्थायी सेवाअन्तर्गतको इन्जिनियर पदमा नाम निकाल्न सफल पाँच इन्जिनियर निरन्तरको ताकेताबीच नियुक्तिपत्र बुझ्न नआएको पाइएको छ ।
प्राधिकरणको तह ७ मा नाम निकाल्न सफल प्रतीक्षा अधिकारी, सुधा सापकोटा, आरती बिष्ट, ऋतुरत्नम र रवि आचार्य नियुक्तिपत्र बुझ्न नआएका हुन् ।
उनीहरूलाई नियुक्तिपत्र बुझ्नका लागि प्राधिकरणले १५ दिनको अल्टिमेटम दिएको छ ।
प्राधिकरण कर्मचारी सेवा, सर्त विनियमावली २०७५ (संशोधित) मा तोकिएको अवधिभित्र नियुक्ति पत्र लिन नआएकाले सोही विनियमावलीको विनियम ३३ (२) बमोजिम सूचना प्रकाशित गरिएको प्राधिकरणले जनाएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया