निर्जीवन बीमा कम्पनीले ६ महिनामा उठाए १९ अर्ब ९ करोड बीमा शुल्क
शिखर इन्स्योरेन्स अग्रपंक्तिमा

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा निर्जीवन बीमा कम्पनीहरूले १९ अर्ब ९ करोड ७१ लाख रूपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
बीमा समितिको तथ्यांकअनुसार यी कम्पनीहरूले पुस महिनामा मात्रै ३ अर्ब ६७ करोड १२ लाख रूपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
चालु आवको ६ महिनासम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले यस अवधिमा २ अर्ब ४३ करोड ८१ लाख रूपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।
दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी छ । कम्पनीले यस अवधिमा १ अर्ब ७२ करोड ९६ लाख रूपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ५८ करोड ३८ लाख रूपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब ३२ करोड ३४ लाख रूपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब २० करोड ४ लाख, प्रिमियर इन्स्योरेन्स कम्पनीले १ अर्ब १० करोड ६१ लाख रूपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
त्यसैगरी, युनाइटेड इन्स्योरेन्स कम्पनीले ८८ करोड २१ लाख रूपैयाँ, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ८४ करोड ६७ लाख रूपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले ८२ करोड ४७ लाख रूपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनीले ८२ करोड ५ लाख रूपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले ७९ करोड ७९ लाख रूपैयाँ, अजोड इन्स्योरेन्स कम्पनीले ७९ करोड २१ लाख रूपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ७७ करोड ७२ लाख रूपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
समितिको तथ्यांक अनुसार, ओरिएण्टल इन्स्योरेन्स कम्पनीले ६९ करोड १२ लाख रूपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ६७ करोड ९ लाख रूपैयाँ, एभरेष्ट इन्स्योरेन्स कम्पनीले ६१ करोड ६५ लाख रूपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ५९ करोड १५ लाख, नेशनल इन्स्योरेन्स कम्पनीले ४७ करोड ७८ लाख रूपैयाँ, जनरल इन्स्योरेन्स कम्पनीले ४६ करोड ५५ लाख रूपैयाँ र सानिमा इन्स्योरेन्स कम्पनीले ४६ करोड ११ लाख रूपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया