३० शाखा अधिकृतको उपसचिवमा बढुवा (नामावलीसहित)
काठमाडौं । तीस शाखा अधिकृतको उपसचिवमा बढुवा सिफारिस भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिले सामान्य प्रशासन समूहका शाखा अधिकृत पदोन्नतिको सिफारिस गरेको हो ।
मन्त्रालयले कार्यक्षमताका आधारमा तीस अधिकृतको बढुवाका लागि सिफारिस गरेको जनाएको छ ।
बढुवा सिफारिस गरिएका शाखा अधिकृतहरूमा ओमप्रसाद भट्टराई, सोमनाथ गौतम, ओमबहादुर अधिकारी, टेकप्रसाद पुलामी, नेत्रप्रसाद घिमिरे, राधा देवकोटा (उपाध्याय), इन्दिरा आचार्य, रमेश श्रेष्ठ, मधु अर्याल (खनाल), नीरा अधिकारी, निराजकुमार खत्री, खड्गबहादुर श्रेष्ठ, रामकृष्ण अधिकारी, लक्ष्मीदेवी शर्मा र रमिला भण्डारी छन् ।
त्यसैगरी कृष्णप्रसाद हुमागाईं, दीपक ढकाल, सञ्जयबहादुर राजलवट, यामनारायण गौली, रामबहादुर केसी, राजु कुँवर, बुद्धिबहादुर खत्री, सुकदेव लम्साल, जनकराज शर्मा, लक्ष्मणबहादुर कठायत, कृष्ण थापा, बन्दनाकुमारी केसी, शशि राई, अमृतबहादुर राई र दशरथ राईलाई पनि बढुवा गर्न सिफारिस गरिएको छ ।

ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया