मामा गोविन्दाबारे कृष्णा : मैले जे सिकेको छु, उहाँबाट नै सिकेको छु

मुम्बई । बलिउड अभिनेता गोविन्दा र उनका भान्जा कृष्णा अभिषेकको बीचमा केही समयदेखि मनमुटाव चलिरहेको छ ।
पछिल्लो समय यी सबै कुरालाई लिएर कृष्णको प्रतिक्रिया आएको छ । कृष्णाले हालै ‘द कपिल शर्मा शो’मा अभिनेत्री रवीना टण्डनले आफ्नो फिल्म ‘बडे मियाँ छोटे मियाँ’ धेरै मन परेको बताइन् । यो कुरा उनीहरूलाई भन्न चाहन्छु, ‘बडे मियाँ छोटा मियाँ’ सही नाम हो ।
‘बडे मियाँ छोटे मियाँ’मा छोटे मियाँको चरित्र गाविन्दाले निभाएका थिए ।
यसबारे कृष्णा भन्छन्, ‘छोटे मियाँ मेरा लागि बडे मियाँ हो । मैले जे सिकेको छु, उहाँबाट नै सिकेको छु । उहाँले मलाई सानो मियाँ नठान्नु बेग्लै कुरा हो । परिवार जे भए पनि चल्छ । बस्छु, यस झमेला सुल्झाउँछु । कुनै समस्या छैन ।’
पछिल्लो समय मामा गोविन्दा र भान्जा कृष्णाको सम्बन्ध राम्रो नभएको बताइएको छ । यद्यपि, कृष्णाले भने गोविन्दाबारे कुनै नकारात्मक टिप्पणी गरेनन् ।
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८, १४:४४:००
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया