साताको अन्तिम दिन पनि सुनको मूल्य बढ्यो
काठमाडौं । सोमबारयता लगातार उकालो लागिरहेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ सय रूपैयाँ बढेर ९४ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।
बिहीबारको लागि छापावाल सुन तोलामा ९३ हजार नाै सय रूपैयाँ कायम भएकाे थियो । यो साताको सोमबार एक सय रुपैयाँ, मंगलबार ५ सय रुपैयाँ, बुधबार तीन रुपैयाँ र बिहीबार ५ सय रूपैयाँले सुनको मूल्य बढेको थियो । पाँच दिनमा सुनको मूल्य १ हजार पाँच सय रूपैयाँले बढेको छ ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य तोलामा ९३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन तोलामा ९३ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य स्थिर रहेको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी बिहीबारकै मूल्य १ हजार २८० रुपैयाँमा कारोबार भईरहेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया