बाबुको पदचाप पछ्याउँदै रोनाल्डो जुनियर, रोजे जर्सी नं. ७

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोका छोरा पनि क्लबकै एकेडेमीमा अनुबन्धित भएका छन् ।
रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले हालैमात्र युनाइटेडसँग सम्झौता गरेका छन् ।
११ वर्षीय रोनाल्डो जुनियरले युनाइटेडको यु–१२ टोलीबाट खेल्ने पक्का गरेका छन् ।
उनले बाबुको पदचाप पछ्याउँदै युनाइटेडको युथ टोलीमा ७ नम्बरकै जर्सी लगाउने भएका छन् ।
पोर्चुगिज कप्तान रोनाल्डोले युनाइटेडमा ७ नं. कै जर्सी लगाउँदै आएका छन् ।
रोनाल्डो यसै सिजन इटालियन क्लब युभेन्टसबाट युनाइटेड आएका थिए । उनलाई ७ नं.को जर्सी उपलब्ध गराउन इंग्लिस फुटबल संघले विधान नै परिवर्तन गरेको थियो ।
किनकि, रोनाल्डो आउनुभन्दा अघि नै यो सिजन एडिन्सन काभानीले ७ नं. जर्सी लगाउँदै आएका थिए । यसर्थ, रोनाल्डोलाई सो नं. दिन नियम नै परिवर्तन गर्नुपरेको थियो ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया