बाबुको पदचाप पछ्याउँदै रोनाल्डो जुनियर, रोजे जर्सी नं. ७
काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोका छोरा पनि क्लबकै एकेडेमीमा अनुबन्धित भएका छन् ।
रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले हालैमात्र युनाइटेडसँग सम्झौता गरेका छन् ।

११ वर्षीय रोनाल्डो जुनियरले युनाइटेडको यु–१२ टोलीबाट खेल्ने पक्का गरेका छन् ।
उनले बाबुको पदचाप पछ्याउँदै युनाइटेडको युथ टोलीमा ७ नम्बरकै जर्सी लगाउने भएका छन् ।
पोर्चुगिज कप्तान रोनाल्डोले युनाइटेडमा ७ नं. कै जर्सी लगाउँदै आएका छन् ।

रोनाल्डो यसै सिजन इटालियन क्लब युभेन्टसबाट युनाइटेड आएका थिए । उनलाई ७ नं.को जर्सी उपलब्ध गराउन इंग्लिस फुटबल संघले विधान नै परिवर्तन गरेको थियो ।
किनकि, रोनाल्डो आउनुभन्दा अघि नै यो सिजन एडिन्सन काभानीले ७ नं. जर्सी लगाउँदै आएका थिए । यसर्थ, रोनाल्डोलाई सो नं. दिन नियम नै परिवर्तन गर्नुपरेको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया