एमसिसीविरुद्ध युवा संघले देशभर प्रदर्शन गर्ने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले विवादित अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध आगामी फागुन १ गते देशभर विरोध प्रदर्शन गर्ने भएको छ ।
सरकारले फागुन २ गते एमसिसी संसद्मा पेस गर्ने तयारी गरेसँगै त्यसको अघिल्लो दिन अर्थात फागुन १ गते आफ्नो संगठनले प्रदर्शन गर्न लागेको युवा संघ प्रचार विभाग प्रमुख सञ्जीप राईले नेपालवाचलाई जानकारी दिए ।
उनका अनुसार काठमाडौंको माइतीघरसँगै सबै जिल्लाका सदरमुकाममा प्रदर्शन गर्ने तयारी छ ।
एमसिसी खारेजी आफूहरूको माग रहेको प्रचार विभाग प्रमुख राईले बताए ।
सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष मात्रधवकुमार नेपालले बिहीबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एमसिसीमा राष्ट्रघाती प्रावधान रहेकाले त्यसको संशोधनविना तस्ताको तस्तै पारित गर्नु नहुने अडान राखेका थिए ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया