भोलि केयुकेएल बन्द

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका सम्पूर्ण कार्यालय फागुन १ गते आइतबार बन्द रहने भएका छन् ।
भोलि केयुकेएलको १४ औं वार्षिकोत्सव परेकाले कार्यालय बन्द हुने भएको हो ।
कार्यालय बन्द भए पनि खानेपानी सञ्चालनलगायत अत्यावश्यकीय सेवा भने यथावत् सञ्चालन हुने केयुकेएलले जनाएको छ ।
प्रतिक्रिया