एकै दिन सुनको मूल्य १५०० रूपैयाँ बढ्यो
साताको पहिलो दिन नेपाली सुनचाँदी बजारमा सुनको मूल्य उकालो लागेको छ । आज सुनको मूल्य तोलामा एक हजार पाँच सय रूपैयाँ बढेर ९५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा एक सय रूपैयाँ बढेर ९४ हजार रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य तोलामा ९५ हजार रूपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार तेजावी सुनकाे मूल्य तोलाम ९३ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी तोलामा २० रूपैयाँ बढेको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी ताेलामा १ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबार चाँदी तोलामा १ हजार २८० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया