बैंगलोरसँग हार्यो चेन्नई
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) टि–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किङ्सलाई हराएको छ ।
बुधबार राति पुनेमा सम्पन्न खेलमा बैंग्लोरले चेन्नई सुपर किङ्सलाई १३ रनले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनायो । बैंग्लोरले जोडेको १ सय ७३ रनमा महिपाल लोमरोरले ४२, फाप डु प्लेसिसले ३८ र विराट कोहलीले ३० रनको योगदान दिए ।
बैंगलोरको १ सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो ।
चेन्नईका लागि डेभोन कोन्वेले ५६ रन जोड्दा मोइन अलीले ३४ र रुतुराज गायकवाडले २८ रन बनाए ।
योसँगै बैंगलोर ११ खेलमा १२ अंक जोडेर चौंथो स्थानमा छ भने चेन्नई १० खेलमा ६ अंक हासिल गरेर नवौं स्थानमा छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया