विषाक्त खाद्य पदार्थ खाँदा किर्गिस्तानमा ३५ को मृत्यु
काठमाडौं । विषाक्त खाद्य पदार्थका कारण किर्गिस्तानमा ३५ जनाको मृत्यु भएको छ । एकै खाद्य पसलका खाना खाँदा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
विषाक्त खाद्य पदार्थका कारण अरु १८ जना १४ बर्ष भन्दा कम उमेरका बालबालिका विरामी भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भरहेको र उनीहरुको अवस्था स्थिर रहेको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।
विषाक्त खाद्यपदार्थ बेच्ने पसलेलाई प्रहरीले नियन्त्रण लिएर कारबाही प्रक्रिया सुरु गरेको प्रहरी अधिकारीहरुले जनाएका छन् । प्रहरीले विषाक्त खाद्य पदार्थ विक्री वितरण गर्ने पसल बन्द गरिदिएको छ भने खाद्य पदार्थका एक हजार पोका बरामद पनि गरेको छ ।
ताजा अपडेट
-
कृषि परियोजनाका असल अभ्यासलाई निरन्तरता दिन कस्तो नीति ?
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
प्रतिक्रिया