सुनको मूल्य १४०० रूपैयाँले उकालो
काठमाडाैं । आइतबारयता निरन्तर ओरालो लागेको सुनको मूल्य बिहीबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ सय रूपैयाँ बढेर ९८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन तोलामा एक हजार रूपैयाँ घटेर ९७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको हो । आज तेजावी सुन प्रतितोला ९८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन ९६ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
बुधबार स्थिर चाँदी आज तोलामा १५ रूपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदी एक हजार ३०५ रूपैयाँमा कारोबार भइरहेको हो । बुधबार चाँदी प्रतितोला एक हजार २९० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया