कैलाली पुगेर ओलीले भने, ‘टीकापुर घटनामा रेशम चौधरीको संग्लनता छैन’
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले टीकापुर घटनामा रेशम चौधरीको संलग्नता नरहेको बताएका छन् ।
बिहीबार केलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रमा चौधरीको बचाउ गर्दै यस्तो धारणा राखेका हुन् ।
टीकापुर घटना भएको बेला रेशम चौधरी टीकापुरमै नभएको ओलीले दाबीसमेत गरे ।
‘यहाँ घटना भएको बेला हुँदै नभएको मान्छेलाई मुद्दा लगाएर, अर्को मान्छेलाई मुद्दा लगाए’, उनले भने, ‘त्यो बेला रेशम चौधरी यहाँ थिएनन् । उनलाई मुद्दा लगाउनु पर्ने कुनै कारण थिएन ।’
०७२ भदौ ७ मा मा कैलालीको टीकापुरमा थारु आन्दोलनका क्रममा ७ प्रहरी र एक बालकको हत्या भएको थियो । शान्तिपूर्ण आन्दोलन गर्ने भन्दै हतियार ल्याएर प्रहरीमाथि आक्रमण गरिएको थियो ।
सो घटनाको योजनाकार भएको आरोपमा जिल्ला र उच्च अदालतले दोषी ठहर गरेपछि सांसद चौधरी हाल जेलमा छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया