बेलारुसले युक्रेनमा हुने रुसी विशेष सैन्य अभियानमा नलिने
मिन्स्क । बेलारुसले युक्रेनमा रुसको विशेष सैन्य कारबाहीमा भाग नलिने बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले बिहीबार एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा भनेका छन् ।
लुकासेन्कोले बेलारुस शान्तिको पक्षमा रहेको र वर्तमान रुस(युक्रेन सैन्य द्वन्द्वको अन्त्यका लागि बारम्बार आह्वान गरेको पनि बताए ।
‘हामी स्पष्ट रूपमा कुनै पनि युद्ध स्वीकार गर्दैनौं । हामीले युद्ध नहोस् भनेर अहिले सबै गरिरहेका छौं, लुकाशेन्कोले एपीलाई भने । उनले आफ्नो देशले युक्रेन र रुसबीच वार्ता अघि बढाएको पनि स्मरण गराए । युक्रेनले आफ्नो भूमिमा शत्रुता भइरहेको भए पनि वार्तामा चासो नदेखाउनुको कारण वाशिङटनको नीति रहेको उनले बताए ।
बुधवारदेखि बेलारुसको सशस्त्र बलको अचानक जाँचको उल्लेख गर्दै लुकाशेन्कोले बेलारुसको सीमामा रहेको बाल्टिक राज्य र पोल्याण्डमा नाटो अभ्यासको जवाफमा बेलारुसमा लडाइ तयारी जाँच गरिएको बताए ।
बेलारुससँगको सिमानामा तैनाथ नेटो सेनाको संख्या केही वर्ष पहिले करिब ३ हजार थियो तर अहिले ३२ हजार पुगेको लुकासेन्कोले बताएका छन् ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया