प्रश्नपत्रको तस्बिर खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने परीक्षार्थीलाई कारबाही
काठमाडौं । लोकसेवा आयोगले प्रश्नपत्रको तस्बिर खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक परीक्षार्थीलाई कारबाही गरेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै कारबाही गरिएकोबारे जानकारी दिएको हो ।
आयोगले वैशाख १७ गते कर्णाली प्रदेश वीरेन्द्रनगरमा प्रशासन सेवा सहायक स्तरको पाचौं तहको लिखित परीक्षा सञ्चालन गरेको थियो ।
उक्त परीक्षाका क्रममा एक उम्मेदवारले प्रश्नपत्रको फोटो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आयोगले पुष्टि गरेको छ ।
आयोगका अनुसार उक्त परीक्षामा सहभागी दैलेखका लोकराज सिजापतिलाई आयोगले दुई वर्षसम्म परीक्षा दिन नपाउने गरी कारबाही गरेको छ ।
सिजापतिले परीक्षा सञ्चालनको क्रममा मोबाइलमार्फत प्राप्त भएको प्रश्न पत्रको फोटो खिचेर सोही दिन सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । आयोगले उनलाई दुई वर्षसम्म सञ्चालन हुने सबै तहको परीक्षा दिन नपाउने गरी रोक लगाइएको छ ।
उक्त निर्णय आयोगले प्रदेश लोकसेवा आयोग ऐन, २०७५ को दफा ६४ को उपदफा (१) खण्ड (ग) बमोजिम गरेको हो ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया