प्रचण्डका छोरी जिताउनका लागि म उनको दास होइन : जगन्नाथ पौडेल
काठमाडौं । चितवन भरतपुर महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले छोरीलाई चुनाव जिताउनका लागि आफू प्रचण्डको दास नभएको टिप्पणी गरेका छन् ।
शनिबार भरतपुरमा चुनावी कोणसभालाई सम्बोधन गर्दै पौडेलले छोरीलाई नजिताए देश संकटमा पर्छ भनेर नधम्क्याउनसमेत प्रचण्डलाई चेतावनी दिएका छन् ।
उनले देशको मायाले गठबन्धन नबनेको दावी गर्दै नेताहरूको पेट भर्नका लागि भरतपुरबासी दास बन्न नसक्ने बताए । ‘चितवन भरतपुरको समृद्धिको लागि गठबन्धन बनेको हो ? आर्थिक तथा भौतिक पूर्वाधार विकासका लागि गठबन्धन बनेको हो ?’, उनले प्रश्न गर्दै भने, ‘कसैको छोरी र श्रीमती जिताउनका लागि दास बन्न सकिदैन । प्रचण्डको धम्कीपूर्ण भाषाले कोही डराउने वाला छैन् ।’
पौडेलले हरेक आन्दोलनमा अग्रणी भूमिका खेलेको पार्टी कांग्रेसका सभापति प्रचण्डको भुलभुलैयामा लागेर कार्यकर्ताको शिर झुकाउने काम गरेको आरोप लगाए ।
उनले पूर्वप्रधानमन्त्री भइसकेका नेताले देश दुर्घटनामा जान्छ भनेर दिएको अभिव्यक्तिले आफूलाई आत्मग्लानी भएको टिप्पणी गरे ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया