प्रधानमन्त्री देउवा बुटवलमा
काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न आज बुटवल पुगेका छन् ।
प्रधानमन्त्री देउवा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन प्रचारप्रसार कार्यक्रमअन्तर्गत गठबन्धनद्वारा आज बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न बुटवल पुगेका हुन् । प्रधानमन्त्री देउवा कार्यक्रममा सहभागी हुन अहिले बुटवल आइपुग्नुभएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।
निर्वाचन कार्यक्रमअन्तर्गत बुटवलको देवीनगरमा आयोजना हुने चुनावीसभामा प्रधानमन्त्री देउवालगायत गठबन्धन दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं २ का सचिव प्रजापाल गिरीले जानकारी दिए ।
चुनावी कार्यक्रमलाई प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया