प्रधानमन्त्री देउवा बुटवलमा
काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न आज बुटवल पुगेका छन् ।
प्रधानमन्त्री देउवा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन प्रचारप्रसार कार्यक्रमअन्तर्गत गठबन्धनद्वारा आज बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न बुटवल पुगेका हुन् । प्रधानमन्त्री देउवा कार्यक्रममा सहभागी हुन अहिले बुटवल आइपुग्नुभएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।
निर्वाचन कार्यक्रमअन्तर्गत बुटवलको देवीनगरमा आयोजना हुने चुनावीसभामा प्रधानमन्त्री देउवालगायत गठबन्धन दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं २ का सचिव प्रजापाल गिरीले जानकारी दिए ।
चुनावी कार्यक्रमलाई प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया