उत्तर कोरियाद्वारा अज्ञात क्षेप्यास्त्र प्रहार
काठमाडौं । उत्तर कोरियाले शनिबार सि अफ जापानकाे पूर्वी तटतर्फ अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाका संयुक्त चिफ अफ स्टाफले जनाएको छ ।
पछिल्लो प्रक्षेपण प्योङयाङल क्षेप्यास्त्र प्रहार गरेको तीन दिनपछि भएको हो । जसबाट आणविक परीक्षण गर्न सक्ने चेतावनी बढ्दै गएको छ । प्रक्षेपण गरिएको मिसाइल सबमरिन लन्च्ड ब्यालिस्टिक मिसाइल हो । यो छोटो दूरीको मिसाइल हो ।
परीक्षणपछि जापानी रक्षा मन्त्रालयले आफ्ना तटरक्षकहरूलाई सर्तकताका लागि चेतावनी दिएको छ । यो वर्ष उत्तर कोरियाले गरेको १५ औं हतियार परीक्षण हो ।
अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण जारी राखेको छ । युन सुक योल आगामी मे १० मा दक्षिण कोरियाको राष्ट्रपति बन्ने तय भएको छ ।
योल राष्ट्रपति बन्नुभन्दा केही दिन अघि नै उत्तर कोरियाले फेरि क्षेप्यास्त्र परीक्षण गरेर आफ्नो मनसाय प्रकट गरेको छ । यसअघि उत्तर कोरियाको रवैयालाई ध्यानमा राख्दै योलले दुई देशबीचको सैन्य सम्झौता रद्द गर्ने चेतावनी दिइसकेका छन् ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया