अफगानिस्तानमा महिलाले बुर्का नलगाए श्रीमान् वा बुबालाई जेल हालिने
काबुल । अफगानिस्तानमा तालिबानले शनिबार महिलाले अनुहार अनिवार्य ढाक्नु पर्ने आदेश जारी गरेको छ । यो आदेश तालिबान सरकारको तर्फबाट समूहका सर्वोच्च नेताले दिएका हुन् ।
अफगानिस्तानमा तालिबान शासन सत्तामा आएदेखि सार्वजनिक स्थानमा महिलामाथिको प्रतिबन्ध बढ्दै गएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ र त्यस्ता निर्णयको धेरै अफगान जनता र अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेका छन् ।
काबुलमा आयोजित पत्रकार सम्मेलनमा धर्म प्रवर्द्धन र दुष्टता रोकथाम विभागका प्रवक्ताले तालिवान सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाको आदेश पढेर सुनाए । आदेशमा कुनै महिलाले घरबाट बाहिर निस्कँदा अनुहार नढाकेमा निजका बाबु, श्रीमान् वा नजिकका पुरुष आफन्तलाई सरकारी जागिरबाट बर्खास्त गर्न सकिने र अन्त्यमा निजलाई पनि बर्खास्त गर्न सकिने आदेशमा भनिएको छ ।
आदेशअनुसार अनुहार छोप्ने सबैभन्दा उपयुक्त पोशाक निलो बुर्कालाई मानिन्छ । सन् १९९६ र २००१ को बीचमा अफगानिस्तानमा तालिवान शासन हुँदा निलो बुर्का अझै प्रचलित थियो र संसारभरका धेरै मानिसहरूले यसलाई तालिवान शासनको विश्वव्यापी पहिचानका रुपमा हेरेका छन् ।
अफगानिस्तानमा धेरै महिलाहरूले धार्मिक कारणले हेडस्कार्फ लगाउँछन्, तर काबुलजस्ता सहरी क्षेत्रहरूमा अधिकांश महिला आफ्नो अनुहार छोप्दैनन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया