स्थानीय चुनावमा बेलायती प्रधानमन्त्रीलाई धक्का
काठमाडौं । बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा सत्तारूढ दल कन्जरभेटिभ (टोरी) पार्टीलाई ठूलो धक्का लागेको छ ।
कन्जरभेटिभ पार्टीले यसअघि जित हासिल गरेको झण्डै ५ सय सिट र ११ वटा प्रमुख काउन्सिलमा पराजय बेहोरेको छ । बिबिसीका अनुसार दक्षिण इंग्लायन्डमा लिबरल डेमोक्र्याट्स र लण्डन काउन्सिललमा लेबर विजयी भएको छ । त्यसैगरी वेस्टमिनिस्टर, वान्ड्सवर्थ र बार्नेट काउन्सिलहरूमा पनि लेबर पार्टीले जित हात पारेको छ ।
बेलायतमा १४६ काउन्सिलमा निर्वाचन भएको हो । जसमा ४ हजार ३ सय ५० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए ।
चुनावी नतिजाले आफ्नो नेतृत्वमा थप प्रश्न उठेपछि प्रधानमन्त्री बोरिस जोन्सनले नराम्रो पराजय स्वीकार गरेका छन् । आमनिर्वाचन हुन दुई वर्ष बााकी रहँदा आएको यो नतिजाले कन्जरभेटिभको भविष्यमै चुनौती थपिएको विश्लेषण गरिँदैछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया