भारी अंकले घट्यो नेप्से, ५ अर्ब ९७ करोडको कारोबार
काठमाडौं । साताको पहिलो दिन नेप्से उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सेञ्ज(नेप्से) का अनुसार आज नेप्से १०१.२४ अंकले घटेर २७००.३२ विन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार आज २२७ कम्पनीका एक करोड १६ लाख ६१ हजार ६३९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ उपसमुह रताम्मे भएको छ । अर्थात आज सबै उपसमूहको सेयरमूल्य घटेको छ ।
आज सबैभन्दा बढी हाइड्रोपावरको सेयर मूल्य ५.४७ प्रतिशतले घटेको छ । त्यसपछि इन्भेष्टमेन्टको ५.०३ प्रतिशतले सेयर मूल्य घटेको छ ।
विकास बैंकको ४.२३, फाइनान्सको ४.६५, नीर्जीवन बीमाको ४.२७, म्यानुफ्याक्चरिङ एण्ड प्रशोधनको ४.६१ प्रतिशतले सेयर मूल्य घटेको छ ।
आज बैंकिङ र ट्रेडिङको सेयरमूल्य क्रमश २.३९ र २.३६ प्रतिशतले घटेको छ ।
त्यस्तै होटल एण्ड टुरिजम, अन्य, माइक्रोफाइनान्स र जीवन बीमा कम्पनीको सेयर मूल्य क्रमश ३.४९, ३.१७, ३.४९ र ३.९१ प्रतिशतले घटेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया