बजाजले ५ मोडलको मूल्य बढायाे, यस्ताे छ नयाँ मूल्य
काठमाडौं । बजाजले आफ्ना ५ मोडलको मूल्य आज आइतबारबाट वृद्धि गरेको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले पाँच मोडलको मूल्य बढाएको हो ।
नयाँ मूल्यसूचीका अनुसार बजाजको मोटरसाइकलको मूल्य ३ हजार रुपैयाँदेखि १० हजारसम्मले वृद्धि भएको हो । नयाँ मूल्यसूची अनुसार प्लाटीना, डिस्कभर डिस्क, पल्सर १५०, १५० टीडी र डोमिनार ४०० को मूल्य बढाइएको छ ।
कम्पनीले प्लाटीना इएसको मूल्य ३ हजार रुपैयाँले बढाएर १ लाख ९२ हजार ९०० रुपैयाँ बनाएको छ । त्यस्तै, डिस्कभर १२५ डिस्कको मूल्य ५ हजार रुपैयाँले बढेर २ लाख २१ हजार ९०० रुपैयाँ, पल्सर १५० र पल्सर १५० टीडी दुैबैको मूल्य ३र३ हजार रुपैयाँले बढेर २ लाख ७९ हजार ९०० रुपैयाँ र २ लाख ९५ हजार ९०० रुपैयाँ पुगेको छ ।
त्यस्तै बजाजको सबैभन्दा धेरै मूल्यको मोटरसाइकल डोमिनार ४०० को मूल्य १० हजार रुपैयाँले वृद्धि भएर ६ लाख ८ हजार ९०० रुपैयाँ कामय भएको छ ।
यी बाहेक अन्य मोटरसाइलको मूल्य यथावत रहको मूल्यसूचीमा उल्लेख गरिएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया