हवाना होटल विस्फोट : उद्धारकार्य जारी, मृत्यु हुनेको संख्या २७ पुग्यो
एएफपी । क्युवाको हवाना होटल विस्फोटको भग्नावशेषमा उद्धारकर्ताहरुले आफ्नु कार्य जारी राखेका छन् । हवाना होटलमा गत शनिबार भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या २७ पुगेको अधिकारीहरूले बताएका छन् ।
हवाना प्रतिष्ठित साराटोगा होटलको माथिल्लो तल्लामा कोही पनि जीवित नभेटिका जनाइएको छ । उद्धारकर्ताहरूले भने कि भग्नावशेषमा आफ्नो प्रयास केन्द्रित गरेको जनाइएको छ ।
शनिबार अधिकारीहरूले यस विस्फोटमा परी घाइते भएका ३७ जनालाई अस्पतालमा भर्ना गरिएको जनाइएको थियो । यद्यपि, यसअघि ४६ जनालाई अस्पताल भर्ना गरिएको समाचार दिइएको थियो । रेडक्रसका एक अधिकारीले यस विस्फोटमा ३२ जनाको मृत्यु भएको जानकारी दिएपछि अन्योल भएको थियो । यस विस्फोटबाट ज्यान गुमाउनेको यो संख्यालाई पछि ‘त्रुटि’ भनिएको थियो ।
“क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलले साराटोगा होटल दुर्घटनाको सामनामा देखाइएको ऐक्यवद्धताका लागि मित्र राष्ट्रलाई धन्यवाद दिएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया