थप १७ जनामा कोरोना पुष्टि, २०१ जना सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको अनुसार दुई हजार ९०५ जनाको पिसीआर परीक्षणमा १७ जना र एक हजार १०५ जनाको एन्टीजेन परीक्षणमा शुन्य गरी जम्मा १७ जनामा कारोना पुष्टि भएको हो ।
२४ घण्टामा काेरोनाबाट निको हुनेको संख्या २१ पुगेको छ भने कसैको पनि मृत्यु भएको छैन । त्यस्तै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । यससँगै सङ्क्रमण मुक्त हुनेको सख्या नौ लाख ६६ हजार ७८९ पुगेको छ ।
निको हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन् । जसमा दुई सय होम आइसोलेसनमा र एक जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै आइसियूमा एक जना सङ्क्रमित रहेका छन् ।
कोरोनाको खोप लगाउनेको संख्या २४ घण्टामा २२ हजार १०६ पुगेकाे छ ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया