निर्वाचनका दिन आन्तरिक उडान बन्द हुने
काठमाडौं । वायुसेवा सञ्चालक सङ्घले स्थानीय तह निर्वाचनका दिन सबै प्रकारको यातायात बन्द हुने भएकाले वायुसेवाको नियमित आन्तरिक उडान पनि बन्द हुने जनाएको छ ।
सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले आज जारी गरेको सूचनामा सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ बमोजिम मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडानबाहेक स्थानीय तह निर्वाचनमा आन्तारिक उडान बन्द रहने उल्लेख छ ।
“मिति २०७९ वैशाख ३० गतेका दिन यस सङ्घमा आबद्ध सबै सदस्य वायुसेवाको नियमित आन्तरिक उडान बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ”, सूचना भनिएको छ, “यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधाप्रति यो सङ्घ क्षमायाचना गर्दछ ।”
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया