शुक्रबार पनि सेयर बजार खुल्ने
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले आगामी जेठ १ गतेदेखि शुक्रबारसमेत सेयर कारोबार सञ्चालन हुने निर्णय गरेको छ । नेपाल स्टक एक्सचेन्जको वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म सेयर बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।
अब बजार सोमबारदेखि शुक्रबारसम्म खुला रहने छ । सरकारले जेठ १ गतेदेखि नै साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय भएसँगै सोहीअनुसार सेयर बजार पनि साताको ५ दिन खुल्ने भएको हो ।
नेप्सेले सञ्चालक समितिबाट शुक्रबार समेत बजार खुल्ने निर्णय भएको उल्लेख गर्दै सोहीअनुसार गर्न गराउन ब्रोकर, लगानीकर्ता र सरोकारवालालाई आग्रहसमेत गरेको छ ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया