शुक्रबार पनि सेयर बजार खुल्ने

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले आगामी जेठ १ गतेदेखि शुक्रबारसमेत सेयर कारोबार सञ्चालन हुने निर्णय गरेको छ । नेपाल स्टक एक्सचेन्जको वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म सेयर बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।
अब बजार सोमबारदेखि शुक्रबारसम्म खुला रहने छ । सरकारले जेठ १ गतेदेखि नै साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय भएसँगै सोहीअनुसार सेयर बजार पनि साताको ५ दिन खुल्ने भएको हो ।
नेप्सेले सञ्चालक समितिबाट शुक्रबार समेत बजार खुल्ने निर्णय भएको उल्लेख गर्दै सोहीअनुसार गर्न गराउन ब्रोकर, लगानीकर्ता र सरोकारवालालाई आग्रहसमेत गरेको छ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
नेपाल स्टक अरुनै राज्य हो के ? सरकारले निर्णय गरेपक्षि फेरि किन, के को लागि निर्णय ? कि काम नभएर भत्ता सेलरी पचाउन
यसको बिकाशमा Real time गर्न नसक्ने outdated system लाद्ने