चीनको कठोर कोभिड नीतिले त्रासमा सर्वसाधारण
काठमाडौं । चीनको राजधानी बेइजिङमा कोभिड-१९ को प्रकोपलाई रोक्ने प्रयास क्रममा सोमबार लाखौं मानिस घरमै बसेका छन् । बेइजिङका बासिन्दाहरु चाँडै नै उही कठोर उपायहरूको चपेटामा पर्न सक्ने त्रासमा रहेका बताइएको छ ।
हाल सांघाई सहरमा २ करोड ५० लाख व्यक्ति धेरै हप्तासम्म घरमा नै फसेका छन् । अझै पनि सांघाई सहरमा तालाबन्दी तीव्र भएको छ ।
पूर्वी पावरहाउस सहरले महामारी सुरु भएदेखि नै चीनको सबैभन्दा खराब प्रकोपविरूद्ध आफ्नो लडाई जितेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।
बेइजिङले हालैका हप्ताहरुमा कोरोना संक्रमणका सयौं व्यक्तिहरु भेटिएका छन् । सोमबार बेइजिङ्मा ४५ जना नयाँ कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो अपेक्षाकृत सानो संख्या हो । तर प्रतिबन्धहरु हलचल गर्न पर्याप्त भएको बताइन्छ ।
चीनमा ओमिक्रोन भेरिएन्टको वृद्धि भएको असर सांघाई सहरमा अत्याधिक रुपमा परेको जनाइएको छ । यस शहरमा कोरोना संक्रमणको कारण ५०० भन्दा बढीको मृत्यु भएको आधिकारीक तथ्यांकले जानकारी दिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया