चुनाव नजिकिएसँगै बैंकको निक्षेप बढ्न थाल्यो ६ अर्बले निक्षेप बढ्दा ४१ खर्बको कर्जा लगानी

काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिएसँगै वाणिज्य बैंकहरूको निक्षेप बढ्न थालेको छ भने सीडी रेसियो पनि घटेको छ । बैशाख ३० गत तय भएको स्थानीय निकायको चुनावमा उमेद्वार तय भएको छ । उनीहरुले विस्तारै खर्च गर्न थालेसँगै बैंकिङ प्रणालीमा पैसा आउन थालेको देखिन्छ ।
चुनावमा कालोधन खर्च हुन थालेसँगै लुकाएर राखेको पैसा प्रणालीमा आउन थालेको हो । वैशाख तेस्रो साता वाणिज्य बैंकहरुमा ६ अर्बले निक्षेप बढ्दा कर्जा लगानी भने ४ अबले घटेको छ । बाणिज्य बैंकहरुले बैंशाख २३ गतेसम्ममा ४३ खर्ब ७३ अर्बले निक्षेप संकलन गरेको छ भने ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
एक साता पहिला बैंकहरुले ४३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका थिए । यस अवधिमा सिडी रेसियो ९०.८१ प्रतिशत रहेको छ । बैंकहरुले नयाँ कर्जा लगानीको तुलनामा कर्जा असुली बढाउदा कर्जा प्रवाह बढेको हो ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया