कोलकत्तासँग मुम्बई ५२ रनले पराजित
काठमाडौं । कोलकत्ता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई हराएको छ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बईलाई ५२ रनले पराजित गर्दै कोलकत्ता विजयी बनेको हो ।
कालेकत्ताले १ सय ६६ रनको लक्ष्य दिएकोमा १७ ओभर ३ बलमा अलआउट हुँदै मुम्बईले १ सय १३ रन मात्र बनाउन सफल भयो ।
मुम्बईका लागि इशान किशनले ५१ रनको अर्धशतकीय इनिङ खेले भने टिम डाभिडले १३, रामनदीप सिंहले १२ र केइरन पोलार्डले १५ रनको योगदान दिए ।
यो क्रममा कोलकत्ताका प्याट कमिन्सले ३ आन्द्रे रसेलले २ विकेट लिएका थिए ।
पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । कोलकत्ताका लागि नितिश राना र भेन्काटेस एयरले समान ४३ , ४३ रन बनाउँदा अजिन्का रहानेले २५ र रिन्कु सिंहले २३ रनको योगदान दिएका थिए । मुम्बईका जस्प्रित बुम्राहले ५ र कुमार कार्तिकेयाले क्रमशः ५ र २ विकेट लिए ।
योसँगै कोलकत्ता १२ खेलबाट १० अंक बनाउँदै सातौं स्थानमा छ भने मुम्बई ११ खेलबाट मात्रै ४ अंक जोड्न सफल भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया