भोट हाल्न जाने कर्मचारीले लिनुपर्ने भो बिदा
काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन, २०७९ को मतदान हुने दिन यही वैशाख ३० गते मात्रै सार्वजनिक बिदा दिने भएको छ ।
मन्त्रिपरिषद्को यही वैशाख २५ गतेको बैठकले निर्वाचनका लागि एक दिन मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
विगतका कतिपय निर्वाचनमा कार्यस्थलबाट टाढा जानुपर्ने कर्मचारीलाई मध्यनजर गरेर दुई दिन बिदा दिने गरिएको थियो । चुनावका दिन सार्वजनिक सवारीसाधन नचल्ने भएकाले अघिल्लो दिन बिदा दिनु मनासिव हुन्थ्यो । तर यसपटक सरकारले एक दिन मात्र छुट्टी दिने निर्णय लिएकाले मतदान गर्न इच्छुक कर्मचारी बिदा लिएर जानुपर्ने भएको छ ।
त्यसो त निर्वाचनपछि भने लगातार तीन दिन सार्वजनिक बिदा परेको छ । शनिबार र आइतबार बिदा दिने सरकारको निर्णयअनुसार वैशाख ३१ र जेठ १ तथा बुद्ध जयन्तीका कारण जेठ २ गते छुट्टी हुनेछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया