अफगानिस्तानमा तालिबान सरकार बनेपछि नौ लाखले गुमाए जागिर
काबुल । अफगानिस्तानमा तत्कालीन तालिवान लडाकुहरूले सत्ता कब्जा गरेपछि अहिलेसम्म झण्डै नौ लाख मानिसले जागिर गुमाएका छन् । अफगानिस्तानको पुनर्निर्माणका लागि अमेरिकी विषेश निरीक्षकले दिएको जानकारी अनुसार यो तथ्यांक गत अगस्टदेखि अहिलेसम्मको हो ।
विषेश गरेर विगतका काम गर्दै आइरहेका महिलाहरूले अहिले काम गर्न नपाएकाले रोजगारी गुमाएकाहरूको संख्या धेरै देखिएको बताइएको छ ।
अहिले गरिबी पनि बढेको र लाखौं मानिस भोकमरी र अभावको चपेटामा रहेको निरीक्षकको प्रतिवेदनमा उल्लेख छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का अनुसार सन् २०२१ को तेस्रो चौमासिकमा पाँच लाखले रोजगारी गुमाएका थिए । बाँकीले त्यसपछिको समयमा गुमाएका हुन् ।
झण्डै चार दशकको आन्तरिक द्वन्द्वमा परेको अफगानिस्तानमा अहिले शान्ति स्थापना हुने अपेक्षा गरिए पनि असन्तुष्टि भने प्रकट भइरहेको छ ।
तालिबान सरकारको नीति र कार्यशैलीप्रति आन्तरिक तथा वाह्य क्षेत्रबाट असन्तुष्टि व्यक्त भइरहेको हो भने हिंसात्मक घटना पनि फेरि सुरु हुन थालेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया