यो वर्ष १३६ दिन सार्वजनिक बिदा
काठमाडौं । सरकारले १ जेठदेखि लागू हुनेगरी आइतबारसमेत बिदा दिने निर्णय गरेपछि यस वर्ष एक सय ३६ दिन सार्वजनिक बिदा परेको छ । तर आठ दिनको बिदा खप्टिएकाले राष्ट्रियस्तरको सार्वजनिक बिदा एक सय २८ दिन हुन्छ ।
‘यो वर्ष ५२ शनिबार परेका छन् । आइतबारसमेत बिदा दिने भएपछि अर्को ५२ दिन थपियो भने चाडपर्व, जयन्ती, दिवसलगायत गरी ३२ दिन बिदा परेको छ । यसरी राष्ट्रियस्तरका बिदा १३६ दिन पुगेको छ,’ गृह मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखाका महासचिव शिवराम पोखरेलले भने,‘तर यसमा आठ दिन बिदा खप्टिएका छन् । खप्टिएका कटाउँदा एक सय २८ दिन बिदा हुन्छ ।’
संघ सरकारले निर्णय गरेर तोकेकाबाहेक क्षेत्रीय बिदासमेत जोड्दा यो संख्या झन् बढ्न । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रदेश दृष्टिगत गरी वर्षमा अतिरिक्त ६ दिन बिदा दिनसक्ने व्यवस्था छ । प्रदेश सरकारले लागू गरेका यस्ता बिदा सांघीय कार्यालयमा समेत लागू हुन्छ । काठमाडौं जिल्लाका तीन जिल्लाका हकमा गृह मन्त्रालयले अतिरिक्त बिदा दिनसक्ने व्यवस्था गत २६ फागुनमा प्रकाशित राजपत्रमा छ । तर सातामा दुई दिन बिदाको निर्णय कहिलेसम्म लागू हुन्छ, यकिन छैन ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया